कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

महेन्द्र प्रसाद पोखरेल –काठमाण्डौ,

बर्तमान सरकारले कतारमा पानी पुर्याउने भन्दै गर्दा त्यो भन्दा पहिले कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी भने पुग्न थालेको छ । यस कार्यमा संलग्न रहेका छन कल्याण घिमिरे, कल्याण घिमिरे नेपालमा कलाकारले चिनिए फेरी उनि कतार लगाएतका देशमा नेपाली चलचित्रको विकास तथा प्रर्दशनमा लागिपरे। निर्माता तथा कलाकार कल्याण घिमिरे यतिबेला भने अर्को नयां कामले चिनिन थालेका छन । नेपाल देखि कतार सम्म नेपाली गुन्दु्रक तथा तरकारीहरु कतारका बिभिन्न सुपर तथा हाईपर मार्केटहरुमा उपलब्ध गराउन थालेका उन्ले गरे के हुन्न र भन्ने उक्तीलाई चरितार्थ गरिदिएका छन।

नेपालबाट साग सब्जी लाई कतार सम्म पुर्याएर त्यहाँको बजारमा बेच्ने प्रबन्ध मिलाएका घिमिरेले अलसमान ग्लोवल टिमका साथ कार्य गरिरहेका छन । यस कार्यका लागी उन्लाई कतारका लागी नेपाली राजदुत प्रो रमेश कोईरालाले समेत सहयोग गरेका छन भने नेपालका लागी कतारी राजदुत युसुफ बिन मोहम्मद अल हेल ले समेत उक्त कार्यकोलागी सहयोगी भुमिका निभाएको देखिन्छ । कतारमा नेपाली साग सब्जी निर्यात गर्ने कार्यमा नेपाल सरकारको सहयोग हुने हो भने अब किसानका खेत देखी कतार सम्म तरकारी पुर्याउन कठिन नहुने र बिचौलियाहरुवाट समेत किसानहरुले छुटकरा पाउने देखिन्छ ।

सरकारले चालेका बिभिन्न कदमहरुलाई हेर्ने हो भने यस कार्यका लागी सरकारी स्तरवाट पहल हुने हो भने र कार्गो लगाएतका बिषयमा राज्य द्वारा छुट तथा अन्य सेवा सुविधा दिन सक्ने हो भने पक्कै पनि नेपाली तरकारीहरुले कतारमा राम्रो ब्यापार गर्ने निस्चित देखिन्छ।बर्तमान सरकारले नेपालको पानी र नेपालकै मुस्ताङ्गको स्याउ कतार पुर्याउने कुरा पनि गरिरहेको सन्धर्बमा के जहाजवाट नेपाल देखी कतार सम्म सामान पुर्याउन सक्ला ? अहिलेको आयातमा मात्रै चिनिदै आएको हाम्रो देशका साग सब्जीले सानै रुपमा भने पनि कतारमा प्रबेस पाएकोमा भने सकारात्मक हुनै पर्छ। कतारका लागी नेपाली राजदुत रमेश कोईरालालाई सरकारले फिर्ता बोलाएको परिबेसमा यि कुराहरुमा प्रभाव पार्लान या नपार्लान त्यो भने भबिस्यमा नै थाह होला। जे होस कल्याण घिमिरेको यो पहल लाई हाम्रो पनि शुभ कामना ।