नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी स्थित नयाँबस्ती युवा क्लबको प्राङ्गणमा १६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण गरेका छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य एबं युवा नेता हरिबोल भण्डारीले उपलब्ध गराउनु भएको ६६ थान अक्सीमिटर र १५ हजार सर्जिकल माक्स तरुण दल क्षेत्र नम्बर ३ मार्फत स्थानीय स्तरका १६ वटा क्लबलाई वितरण गरिएको हो । कोरोना महामारीले आक्रान्त पारेको बेला महासमिति सदस्य भण्डारीले उपलब्ध गराउनु भएको अक्सीमिटर र मास्क स्वास्थ्यका हिसाबले निक्कै उपयोगी भएको स्थानीय क्लबका प्रतिनिधीहरुले बताएका छन् ।
उक्त परिणामको अक्सिमीटर र सर्जिकल माक्स हस्तान्तरण कार्यक्रम नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतको प्रमुख आतिथ्यता भएको थियो भने तरुण दल काठमाडौं सभापति कृष्णजी खड्का, कांग्रेस महासमिति सदस्य विमल ठकुरी, बागमती प्रदेशसभा सांसद छिरिंगदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, महाधिवेशन प्रतिनिधी पदम भट्टराई, एनआरएन आइसीसी मध्येपुर्व क्षेत्रीय संयोजक मनोज गोर्खाली, ललितपुरका तरुण नेताहरु पिंगल घिमिरे, निरञ्जन केसी, तरुण दल काठमाण्डौ सचिव दिनेश बिक्रम शाह र तरुण तरुण नेता जयराम भण्डारी लगायतको सहभागिता थियो ।
कांग्रेस युवा नेता हरिबोल भण्डारीले यसअघि काठमाडौं क्षेत्र नम्बर ३ का हरेक वडामा ७५ हजारका दरले दशैं अगाडी विपन्नहरुलाई राहत उपलब्ध गराएका थिए भने बिभिन्न समयमा हरेक क्षेत्रमा सक्दो सहयोग गरेर उदाहरणीय काम गरिरहनु भएको छ ।