शैलुङ्ग खबर काठमाडौ। क्राउन स्टुडियोको प्रस्तुती नेपाली सिरियल ठुले पुन प्रसारण हुने भएको छ। आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ठुले सिरियल सिजन २ प्रोमो सार्वजनिक कार्यक्रम गर्दै केही समय अगाडी रोकिएको ठुले सिरियल ठुले सिजन २ यही हप्ताको शुक्रबारबाट निरन्तर रुपमा Maina Official युट्युब च्यानलबाट प्रसारण हुने भएको छ।
लेखक/निर्देशक/कलाकार बिष्णु रिजालले जानकारी गराउनु भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बरिष्ट कलाकार देशभक्त खनाल हुनुहुन्थ्यो भने बरिष्ट कलाकार नवीन श्रेष्ठ, पुष्कर भट्ट,अनलाइन विशेषज्ञ बिशाल राई विशेष अतिथि रहनु भएको थियो। विभिन्न टेलिसिरियलका कलाकार, निर्माता, निर्देशक, लेखक, प्राबिधिक पत्रकार, समाजसेवी, संघ संस्थाका पदाधिकारीज्युहरुको निकै बाक्लो उपस्थिति थियो।

उक्त कार्यक्रममा ठुले सिजन २ प्रोमो प्रदर्शन तथा अतिथि कलाकर्मी, प्राविधिक,पत्रकार समाजसेवीहरुलाई महत्त्वपूर्ण सम्मान मायाको चिनो पनि प्रदान गरेका थियो।
ठुले सिजन २ धेरै राम्रो बनेको र वास्तविक अहिलेको समाजलाई चित्रण गर्दै देश, समाज, परिवार, प्रेम लगायत सबै विषय वस्तु छर्लङ्ग ठुले सिरियलमा हेर्न सकिने र निर्माण पक्षले निकै मेहनत गरेको देखिन्छ भन्दै उपस्थिति अतिथि, कलाकार, लेखक, निर्देशक, निर्माता, प्राविधिकहरुले ठुले सिरियल परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि बरिष्ट कलाकार देशभक्त खनाल ज्युले कार्यक्रमलाई सम्बोधन गर्दै सकारात्मक, भावनात्मक, कलात्मक समाजका भइरहेका वास्तविक घटना कथा बस्तुमा आधारित ठुले सिरियल मार्फत समाज परिवर्तन गर्न टेवा पुर्याउने दर्शकहरुलाई मनोरञ्जन दिने हरेक मानिसलाई सकारात्मक मार्गदर्शन, सन्देश दिने ठुले सिरियल निर्माण भएको छ र आगामी दिनहरुमा अझै यस ठुले सिरियलले दर्शकज्युहरुको मन जित्दै उच्चस्तर हासिल गर्न सफल होस बधाई एवं सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

ठुले सिरियल कथा/निर्देशन बिष्णु रिजालको गरेका छन भने निर्माता क्राउन स्टुडियोको संचालक सिमोन बिसि हुन। सह-निर्माता नवीन लगुन र कलाकारहरु लक्षमण बिक्रम बस्नेत, बिध्या कार्की, बिष्णु रिजाल, बिक्रम लामा, बिनिता दाहाल, आशा बिश्वकर्मा, बिपना कार्की र प्रमिला उप्रेतीले यस ठुले सिरियलमा अभिनय गरेका छन। उक्त सिरियल सुभाष लकान्द्रीको छायांकनमा सन्दिप चौधरीले सम्पादन रहेको छ।
अब आउने शुक्रबार बाट बेलुकी ७ बजे Maina Official युटुब मार्फत ठुले सिरियल सिजन २ प्रसारण हुनेछ।
















