परमेश्वरको मण्डलीले, छिमेकीसंग प्रेम बाँड्दै “नव वर्षको शुभकामनाको” साथमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री वितरण साथै आशाको उपहार प्रदान गर्दै।

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमान्डौ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले नेपालगन्ज उपमहानगरपालिका-९ स्थित नीलसागर सेवाश्रमको भ्रमण गरेको छ। नव वर्ष आउनुभन्दा २ दिन अघि सन २०२४ डिसेम्बर ३० तारिखमा नव वर्षलाई स्वागत गर्न भ्रमणमा सहभागी भएको समाजका महासचिव पास्टर गिम जु छलले जानकारी दिनु भयो।

बिहान करिव ११ बजेतिर सेवाश्रम पुगेका भ्रमणकारीहरुले नव बर्षको उपहार प्रदान गरेका थिए। उपहार स्वरूप ग्याँसको चुल्हो, तेल, चामल, चामलको पिठो, आलु, नून, चिनी, गेडागुडी, बिस्कुट आदि घरेलु सामग्री र खाद्यान्न, लगायत दैनिक उपभोग्य सामग्रीहरू थिए । शरीर असक्त भएर हिँडडुल गर्न नसक्ने २ सय ३८ जना वृद्धवृद्धा बुबाआमाहरूका लागि प्रदान गरिएको थियो।

निलसागर सेवाश्रममा पुग्नुभएका नेपालगंज उपमहानगरपालिका ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले “ब्यानरमा उल्लेख गरिएको श्लोक, छिमेकीसंग प्रेम बाँड्दै, भन्ने श्लोक बाट आफु प्रभावित भएको बताउनु भएको थियो। उनले भने, ‘मेरै निर्वाचित क्षेत्र वडा नं.९ मा रहेको सेवा आश्रममा यहाँहरूको मण्डली र मण्डलीका सदस्यहरूले गरेको सेवाको कार्य सबै भन्दा महान कार्य हो।’

परमेश्वरले छिमेकिहरुलाई आफुलाई जस्तै प्रेम गर्नु भन्ने शिक्षालाई यो कार्यक्रमद्वारा व्यवहारमा लागु गर्न पाउँदा अतिनै खुसी भएको परमेश्वरको मण्डलीका सदस्य मिन बहादुर पुन मगरले बताउनु भएको थियो। त्यसैगरी सेवा आश्रामका संस्थापक अध्यक्ष डा. सरिता खनालले गर्नु भएको सेवाप्रति आभार व्यक्त गर्नुभयो।

काठमाडौंको शान्तिनगरमा अवस्थित वृद्धाश्रम, बागमती प्रदेश ललितपुरको मञ्जुश्री वृद्धाश्रम, हेटौंडाको दिव्य निकेतन वृद्धाश्रम आदिको भ्रमण गरेर केश काटछाँट तथा सिङ्गार, सरसफाइ सेवा आदिद्वारा वृद्ध बुबाआमाहरूलाई खुशी प्रदान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा कोशी प्रदेशको दमक सृजना चेतना आधारभूत प्राथमिक विद्यालयमा १ सय स्कुल ब्याग वितरण गरेको छ। बागमती प्रदेशको काउकेश्वरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा शिक्षण प्रयोजन कम्प्युटर वितरण गरेको छ। सन् २०१५ मा महाभूकम्प जाँदा पनि परमेश्वरको मण्डलीले २ ठाउँका प्राथमिक विद्यालयको कक्षाकोठा पुनर्निर्माणका साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धारको कार्य गरेको छ । त्यसैगरी उच्च हिमाली विकट गाउँका १ हजार घरपरिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको थियो।

यसबर्ष मण्डलीको स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रियतापूर्वक सञ्चालन गरेको थियो। आशा च्यालेन्ज ‘सङ्कटमा परेको विश्वव्यापी गाउँलाई आशा प्रदान गरौं’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय समुदाय दिगो विकास लक्ष्य (SDGS) सँगसँगै कदम चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी तथा भोकमरी उन्मूलन, दिगो र सुरक्षित समाज निर्माण आदि ६ विधामा सञ्चालन भएको थियो।

काठमाडौँको टोखा, बागमती प्रदेशको नील बाराही वनभोज स्थल, चितवन राष्ट्रिय निकुञ्ज, बनेपा, सुदूर पश्चिमको टीकापुरमा फोहोर तथा प्रज्ज्वलनशील पदार्थ सङ्कलन गर्दै वनलाई स्वच्छ र सुरक्षित राख्ने आशाको वन क्याम्पेन आयोजना गरिएको थियो। काठमाडौँको सिग्डोल गाउँ वन र कोशी प्रदेशको रतुवाखोला नदी परिसरमा कुल १,०५० वटा वृक्षारोपण पनि गरिएको थियो। आशाको वन क्याम्पेन परमेश्वरको मण्डलीले कार्बन न्यूनीकरण गर्नमा र हरियालीलाई विस्तार गर्नमा योगदान पुऱ्याउने गतिविधि हो। काठमाडौँको भङ्गार धोबीखोला, बागमती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको बर्दाघाट आदि क्षेत्रहरूमा पनि ‘प्लास्टिकको फुटप्रिन्ट हटाउने’ क्याम्पेन गरेको थियो। ‘प्लास्टिकको फुटप्रिन्ट’ भन्नालेम मानव-जातिले प्रयोग गरेर फ्याँकेको प्लास्टिकको कुल मात्रा हो।

यसरि व्यापक परोपकारी कार्यहरू विश्वका प्रत्येक ठाउँहरूबाट निरन्तर रूपमा भइरहेको मण्डलीले बताएको छ। १ सय ७५ वटा देशहरूमा ७ हजार ८ सय ठाउँमा स्थापित भएको छ भने ३७ लाख जना सन्तहरू आबद्ध रहेको यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग इत्यादि २९,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू क्रमिक रूपमा गर्दैआएको छ । यस्तो परोपहारी कार्य गरेबापत् गणतन्त्र कोरियाका ३ जना सरकारहरूबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुभेली राष्ट्रिय सभाबाट पदक, ब्राजिलबाट विधायिकी पदक इत्यादि प्रत्येक देशको सरकार र निकायहरूबाट ४,८०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालभित्र पनि बागमती प्रदेश समाज विकास मन्त्रालय, बूढानीलकण्ठ नगर परिषद, र नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट प्रशंसा-पत्र, सराहना-पत्र आदि प्राप्त गर्दैआएको छ ।