राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय भवन निर्माण सहयोगार्थ चौथो लोक दोहोरी साझ अगस्ट १८ तारिख ईम्पाएर ब्याङकुटिङ एण्ड हलमा हुने भएको छ ।
यस कार्यक्रममा चर्चित कलाकारहरुको बिशेष प्रस्तुती रहने कुरा आयोजक पक्षले जनाएको छ । कार्यक्रममा एक ब्यक्तीलाई डिनर सहित २० पाउन्ड टिकट दर निर्धारण गरिएको छ । सो कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल पारिदिनका लागी आयोजक पक्षले अनुरोध गरेको छ ।
















