भोजपुरमा श्रम संस्कृति पार्टीको ‘जेन्जी युवा संगठन’ गठन, भदौ २३–२४ को Gen-Z आन्दोलनपछि युवा अभियान तीव्र

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

  • रामप्रसादराई–७ बासिखोरामा तदर्थ समिति गठन; श्रम, सुशासन र रोजगारीको मुद्दासहित युवालाई संगठित गर्ने घोषणा
  • काठमाडौ । श्रम संस्कृति पार्टी ले युवामुखी अभियानलाई तीव्र बनाउँदै भोजपुरको रामप्रसादराई गाउँपालिका–७ बासिखोरामा जेन्जी युवा संगठन (Gen-Z Youth Organization) गठन गरेको छ। “श्रम नै सम्मान हो, श्रम नै समृद्धि हो” भन्ने मूल मन्त्रसहित श्रमको सम्मान, उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायको आधारमा अघि बढिरहेको पार्टीले पछिल्लो समय युवाहरूलाई संगठनात्मक ढाँचामा आबद्ध गर्ने रणनीति अघि सारेको जनाएको छ।
    २०८२ भदौ २३ र २४ गते देशभर देखिएको Gen-Z युवाहरूको विद्रोहले नेपाली राजनीतिमा नयाँ बहसको सुरुवात गरेको सन्दर्भ उल्लेख गर्दै पार्टीले पारदर्शिता, सुशासन, रोजगारी र समान अवसरको मागलाई सकारात्मक दिशामा रूपान्तरण गर्ने उद्देश्यले संगठन विस्तार गरिएको जनाएको छ। सामाजिक सञ्जालमार्फत संगठित युवा पुस्ताले उठाएको आवाज परिवर्तनको संकेत भएको ठहर गर्दै पार्टीले त्यसलाई रचनात्मक राजनीतिक अभ्याससँग जोड्ने प्रयास गरेको बताइएको छ।
    तदर्थ समितिको बैठकबाट महत्वपूर्ण निर्णय
    मिति २०८२/१०/२९ गते सम्पन्न तदर्थ समितिको बैठकले संगठन सुदृढीकरणका विभिन्न निर्णय पारित गरेको थियो। तदर्थ समितिको नेतृत्व यसप्रकार रहेको छः
    तदर्थ समिति (रामप्रसादराई–७, बासिखोरा)
    •संयोजक – श्री धन बहादुर राई
    •सह–संयोजक – श्री मनोज राई
    •सचिव – श्री ईमानसिंह राई
    •सह–सचिव – श्री श्रीराम राई
    •कोषाध्यक्ष – श्री रन्जीता राई
    सदस्यहरू:
    श्री जित बहादुर राई, श्री सुजन राई, श्री रबिन राई, श्री दिल कुमार राई, श्री मनि कुमार राई, श्री भीष्म राई, श्री टिकराम राई, श्री सिताहाङ राई, श्री प्रशुराम राई, श्री सत्यहाङ राई, श्री चिताहाङ राई, श्री सुमित्रा राई, श्री मनिमाया राई, श्री युनिस राई।
    बैठकले २०८२/११/०१ गते भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तथा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित श्रमदान अभियान सञ्चालन गर्ने निर्णय समेत पारित गरेको जनाएको छ।
    जेन्जी युवा संगठनको विस्तार
    यसैगरी २०८२/११/०१ गते जेन्जी युवा संगठन विस्तार गर्ने निर्णय पारित गरिएको छ। नवगठित युवा संगठनको पदाधिकारीहरू यसप्रकार रहेका छन्–
    जेन्जी युवा संगठन (Gen-Z Youth Organization)
    •संयोजक – श्री सन्तोष राई
    •सह–संयोजक – श्री प्रीतिराज राई
    •सचिव – श्री सिताराम राई
    •सह–सचिव – श्री जिवस राई
    •कोषाध्यक्ष – श्री बिमला राई
    सदस्यहरू:
    श्री बाल कुमार राई, श्री नरतम राई, श्री संगम राई, श्री शिखर राई, श्री शक्तिमान राई, श्री बिजय राई, श्री दुर्गाप्रसाद राई।
    पार्टीका अनुसार युवाहरूमा श्रम, अनुशासन र जिम्मेवारीको भावना विकास गर्दै सही नेतृत्व निर्माण र जनचेतना अभिवृद्धि गर्नु संगठनको मुख्य उद्देश्य रहेको छ।
    स्थानीय तहबाटै सामाजिक रूपान्तरण, श्रम संस्कार र सकारात्मक राजनीतिक परिवर्तनको अभियान सशक्त रूपमा अघि बढिरहेको पार्टीले जनाएको छ।