काठमाडौं । नेपाली टेलिफिल्म जगतलाई सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको धनेश्वर टेलिफिल्म अवार्ड २०८२ ऐतिहासिक अवार्ड बनेको छ । संस्कृती तथा पर्यटन मन्त्री बागमती प्रदेश माननीय सुरेश श्रेष्ठ प्रमुख अतिथि, विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार एव निर्देशक प्रकाश सुवेदी, वरिष्ठ कलाकार देशभक्त खनाल, लक्ष्मण बिक्रम बस्नेत, गोर्खा मिलेनियम सेक्युरिटी सर्भिसेस प्रा.लिका लोक बहादुर कटुवाल, राष्ट्रिय संतिकर्मी संघका महासचिव विनोद ढकाल, समाजसेवी कुमार घतान, दिनेश राज पुरी, दामोदर आर्याल लगायत थुप्रै वरिष्ठ कलाकार, समजसेवी र संघ/संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

धनेश्वर फिल्मस् प्रा.लि का संचालक खमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धनेश्वर फिल्मस् प्रा.लि. का प्रबन्धक बिकास थापा मगर कार्यक्रम संयोजक रहनु भएको थियो भने अवार्ड संयोजक रमेश श्रेष्ठ, कार्यक्रम व्यवस्थापक बिशाल राई (MFU), प्राबिधिक संयोजक रामकृष्ण कंडेल, बजार व्यवस्थापक धनेश्वर फिल्मस्का निवर्तमान अध्यक्ष समिर श्रेष्ठ लगायतको टिमको सक्रियतामा धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न भएको छ।

विभिन्न ३४ बाट बिधा, सर्वोत्कृष्ट ५ मनोनित, १७० जना टेलिफिल्म कलाकार, निर्देशक, निर्माता, प्राबिधिकमध्य सर्वोत्कृष्ट, पब्लिक च्वाइस, जुरि र प्रोत्साहन अवार्ड गरि ६० जना कलाकर्मीहरुलाई अवार्ड वितरण गरेका थिए भने विभिन्न बिधाका समाजसेवी, पत्रकार तथा संचारकर्मी, नारी समाजसेवी, वरिष्ठ कलाकार, वरिष्ठ गितकार/संगीतकार/गायक/सर्जकहरुलाई सम्मान गर्नुका साथै २०८१/८२ भित्र विभिन्न प्रतिस्पर्धामा भाग लिएर बिजेता बन्न सफल भएकाहरुलाई समेत सम्मान गरेका थिए । नारी सम्मानमा मानवसेवा आश्रम मकवानपुरका संयोजक इशा थापा र फिउचर होप नेपाल बाल आश्रमका संचालक रिता सिवाकोटी (मुकुली) लाई प्रदान गरिएको थियो ।

नेपाली टेलिफिल्म क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस अवार्डमा हास्य, सामाजिक, भावनात्मक तथा विविध विधामा आधारित टेलिफिल्म, वेव श्रृंखला तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो भने अग्रज कलाकारहरुलाई फरक/फरक बिधामा सम्मान पनि गरिएको धनेश्वर टेलिफिल्म अवार्डका अध्यक्ष खमेश श्रेष्ठले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री सुरेश श्रेष्ठले नेपाली टेलिचलचित्र जगतमा सयौं टेलिफिल्महरूको माध्यमबाट हजारौं कलाकर्मीले लाखौं दर्शक/स्रोतासम्म हास्यव्यंग्यात्मक, भावनात्मक, सामाजिक, वास्तविक वा काल्पनिक विषयवस्तुका साथ आफ्नो कला प्रस्तुत गर्दै आइरहनुभएको छ ।

यस क्रममा नेपाली भौगोलिक क्षेत्रभित्र लोप हुँदै गएका विभिन्न जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक कला संस्कृतिहरूको जर्गेना, संरक्षण, र प्रवद्र्धन गर्न तथा सामाजिक रूपान्तरणको सन्देश फैलाउन टेलिफिल्महरूको महत्त्वपूर्ण माध्यम बनेका कारण यस्तो अवार्डबाट प्रोत्साहित गर्नु राम्रो कार्य भएको बताउनु भयो । यिनै टेलिफिल्महरूले विकृति र विसंगतिविरुद्ध चेतना फैलाउँदै नेपाली समाजलाई सही दिशातर्फ उन्मुख गराउन मद्दत पुर्याएको छ ।

साथै, मनोरञ्जनका माध्यमबाट जनचेतनाको वृद्धि गर्ने कार्यमा पनि उल्लेखनीय योगदान पुर्याएको छ । यी अमूल्य र उत्कृष्ट कलामार्फत योगदान दिनुभएका टेलिचलचित्र कलाकर्मीहरूको उच्च सम्मान र पहिचान प्रदान गर्ने उद्देश्यका साथ “धनेश्वर टेलिफिल्म अवार्ड २०८१/८२” आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

















