डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौ।  कालो चस्मा लाउ भन्छ सफलता पछि डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो गत साता सार्वजनिक भएको छ। विगत ३ दशक देखि नेपालि ५१ भन्दा धेरै चलचित्र मा र लामो समय सम्म जिरे खुर्सानी टेलिफिल्म,अब्बल अभिनय गर्दै आउनु भएका डोमा ह्येल्मोले अभिनय मात्र नभई १३० भन्दा धेरै गीतहरु पनि गाउनु भएका छन।

गीत संगीत मा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल डोमा ले गएका बर्ष बजार मा ल्याएका गितहरु मध्ये कालो चस्मा लाउ भन्छ गीतले सर्वाधिक चर्चा पाएका थियो। चार करोड भन्दा धेरै दर्शक श्रोताले मन परानु भएको कालो चस्मा लाउ भन्छ गीतले चर्चा पाए संगै उक्त गितको भाग-२ कालो चस्मा-2 चौरी गोठैमा निकै मेहनतका साथ निर्माण गरी अडियो भिडियो गत साता सार्वजनिक गरेका हुन।
जुन गीतमा प्रस्तुति लय/शब्द/स्वर डोमा ह्येल्मोकै हुन भने बिष्णु तामाङको संगीत संयोजक दिपेश प्रधानको ध्वनि मिश्रण राजकुमार बगर ले रेकर्डिङ गरेको हुन।
त्रीवेणि डिजिटलमा रेकर्ड गरी उक्त गीतको छायांकन भने सिन्धुपाल्चोकको हेलम्बु,आमा याङ्ग्री,घ्याङ्घ्युल,ग्याल्सा, र काठमाडौको जर्सिङ पौवा आदि स्थानहरूमा छायांकन गरेको हुन।
उक्त गीतको भिडियोमा डोमा ह्येल्मो,इन्द्र गुरुङ,दावा शेर्पा,उग्रेन तामाङ, अभिनय देख्न सकिन्छ।

यस गीतको भिडियो निर्देशन खमेश श्रेष्ठले गरेको हुन भने रामकृष्ण कंडेलको छायांकन अर्जुन सिलवालको नृत्य निर्देशन मोहन लामाको मेकप र कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको म्युजिक भिडियो Doma Hyolmo Official युटुब च्यानल बाट सार्वजनिक भैसकेको यस गीतका प्रस्तुति,सर्जक डोमा ह्येल्मोले बताउनु भयो।