राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौ।  पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत सार्वजनिक गरेको छ।

जुन गीतमा राम थापा शिशिर, राज सुवेदी र बिन्दा सुन्दासको साथमा सुमधुर आवाजमा सुन्न सकिन्छ। राम थापा शिशिर र शिव नारायण जोशीको संगीतमा राम थापा शिशिरको आफ्नै शब्द रहेको उक्त गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन। घाँसको भारी गीतको म्युजिक भिडियोमा अर्जुन सिलवाल, सारा सुनुवार, निशा कठायत आदि कलाकारहरूको अभिनय देख्न सकिन्छ।

जुगल फिल्म एण्ड एड्भरटाइजिङ्ग प्रालि युट्युब च्यानल मार्फत सार्वजनिक भएको “घाँसको भारी” बोलको गीतको म्युजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन भने छायांकन रामकृष्ण कंडेल, मेकपमा मोहन लामा र सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्।