प्रदेश युवा परिषद् बागमती र जिल्ला युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ।
प्रदेश युवा परिषद्ले ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण “भन्ने मुला नाराको साथ विभिन्न क्षेत्रमा युवाहरुलाई उत्पादन संग जोड्न र दक्ष जनशक्ति उत्पादन गरि स्वदेशममा नै उद्यमशील,र रोजगार सिर्जना गर्न सिपमुलक तालिम संचालन गर्न लागेको जिल्ला युवा समिति रामेछापको अध्यक्ष तिलक थापा मगरले जानकारी दिनु भयो ।
परिषदले तोकेको तालिम हरु :- निर्माण क्षेत्र अन्तरगत, डकर्मी ,वाल्डिंग इलेक्टीसिएन् ( बिद्युत )प्लामबिंग फर्निचर मेकर
सेवा क्षेत्र अन्तरगत :- ब्युटी पार्लर ,मोबाइल रिपेरिंग सुरक्षा गार्ड , मन्टेश्वरि ,हलुका सवारि चालक, मोटरसाइकल रिपेरिंग
कृषि क्षेत्र अन्तरगत :- बेमौसमि तरकारि खेति, मौरि पालन, नेपालि हाते कागज बनाउने, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता, सामुदायिक कृषि सहायक
होटल तथा पर्यटन क्षेत्र :- सहायक कुक, वेटर ,हाउस किपिंग, वारिष्टा, अन्य क्षेत्र नर्सरि तथा गार्डेन व्यवस्थापन मध्य आफुलाइ मनपर्ने तालिम छनोट गरि २० जना को समुह बनारएमा रामेछापको आठ वटै स्थानिय तहमा गएर तालिम दिने तयारि भएको पनि मगर ले बताए ।
विस्तृत जानकारिका लागि जिल्ला अध्यक्ष तिलक थापामगर ९८५१२४४९९७ मा सम्पर्क गरि वा प्रदेश युवा परिषद को वेवसाइडमा गइ हेर्न र अनलाइन फर्म भर्न सकिनेछ।