काठमाडौँ– संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दैछन् । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथ सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
अर्थ समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदबारमा बस्नेछ । यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी तोकिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजेका लागि डाकिएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्नेछ ।