आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ संकटमा, कप्तान भण्डारी पनि सस्तैमा आउट

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टिम आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा ६ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमायो । उनी ९.३ ओभरमा ९ रनमै आउट भए ।

नेपालले पाँचौं विकेटको रूपमा अर्जुन साउदलाई गुमायो । उनी ७.४ ओभरमा ४ रनमा क्याच आउट भए । नेपालले चौथो विकेटको रूपमा आरिफ शेखलाई गुमायो ।

उनी सातौं ओभरको अन्तिम बलमा शून्यमै आउट भए । यही ओभरको पहिलो बलमा भीम सार्की शून्यमै पवेलियन फर्किए । त्यस्तै, पाँचौं ओभरको पहिलो बलमा देव खनाल र अन्तिम बलमा अर्जुन कुमाल आउट भए । देव २६ र अर्जुन ९ रनमा आउट भएका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड २८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपाली तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडनसहित २१ रन दिएर चार विकेट लिएका हुन् ।

कमलले ३८ औँ ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । ह्याट्रिक लिनेक्रममा उनले लियाम म्याकार्थीलाई दुई, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटलाई शून्यमै आउट गरे । कमलले उनीहरूमध्ये हम्फ्रेज र ह्वाइटलाई बोल्ड गरे ।

आयरल्याण्डका लागि केड कार्माइकलले ७७ बलमा चार चौकाको मद्दतमा ५१ रनको इनिङ खेले । यस्तै, नेपाललाई छैटौँ सफलता रन आउटको रूपमा मिल्यो ।