छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

प्रकाश बराईली ” अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

लक डाउनको बेला ईन्टरनेटको शुल्क नतिरेतापनि लाईन नकाट्न नेपाल सरकारले आदेश दिएको छ । लकडाउनको बेला बिभिन्न कम्पनिका ईन्टरनेटमा समस्या आउन थालेको छ । यसबेला केही ईन्टरनेटहरु सोलो चल्ने, केही ईन्टरनेटहरु नचल्ने गरेको ग्राहकहरुको गुनासो सुन्ने गरेको पाईन्छ ।

त्यस्तै अहिले ईन्टरनेट कम्पनी वल्ड लिंक वाईफाईको हेल्चेकराई र ग्राहकलाई शास्तीको बारेमा नयाँ जानकारी आएको छ । वल्ड लिंक वाईफाईले ग्राहकलाई ठग्ने गरेको काण्ड त धेरै पहिला देखी नै सुन्दै आएको कुरा हो । काठमाडौंमा बस्ने श्याम सापकोटा पनि यस समस्याबाट मुक्त हुन सकेनन् ।

पहिला उनले ईन्टरनेट पनि चल्ने र टिभी पनि चल्ने अफर भनेर ईन्टरनेट जडान गरेका थिए । उनको ईन्टरनेट वल्ड लिंक वाईफाईको किर्तिपुर शाखाले हेर्ने गरेको थियो । हाई भोल्टेज आएको कारणले सेट बक्स फेर्नुपर्ने भएको हुदा फेर्न चाहदा पुरानो सेट बक्स दियो । टिभि हेर्दा ईन्टरनेट नै अफ हुन्छ उनले भने ।

पिडित श्याम सापकोटाका अनुसार धेरै पटक किर्तिपुर शाखामा सेट बक्स फेर्दिन अनुरोध गर्दा पनि आनाकानी गर्दै फेरिदिएन । त्यसपछि जावलाखेल मुख्य कार्यालयलाई सम्पर्क गर्दा उस्लेपनि नयाँ छैन यही राख्नु होला भन्दै फर्कायो । जनवरी देखी यो समस्या भोग्नु परेको र लकडाउनले गर्दा समस्याको समाधान हुन नसकेको उनले बताए ।

साथै नयाँको पैसा तिर्दापनि पुरानो सेट बक्स दिएको उनको गुनासो छ । उनले वल्ड लिंक वाईफाईलाई तिरेको बिल पनि प्रमाण छ । के यस वाईफाईले आफ्नो ग्राहकलाई सास्ती दिएकै हो त ? यस कम्पनीले ठगेकै हो त ? पैसा तिरेपछि सेवा सुबिधा पाउनु पर्ने नागरिकको अधिकार पनि हो । यस कम्पनीले सुरुवातमा आफ्नो ग्राहक बढाउनका लागी राम्रो सुबिधा दिएको र हालः ग्राहकहरुलाई सास्ती दिएको धेरै ईन्टरनेट प्रयोगकर्ताहरु बताउछन् ।

सेवा शुल्क तिरिसकेपछि सेवा पाउनुपर्छ की पर्दैन । यस प्रती सम्बन्धित निकायको ध्यान जान पनि जरुरी देखिन्छ । ग्राहकहरुले सास्ती भोग्न नपरोस् । कोही पनि ग्राहकहरु मर्कामा नपरुन । श्याम सापकोटा लगायत अन्य ग्राहकहरुको छिट्टै समस्याको समाधान होस् , यही कामना गरौ ।