रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल ३ नं प्रदेश समितिद्वारा आयोजना गरिएको प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो भेलाको बन्द सत्रले रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन भएको छ ।

जसको सहसंयोजकहरूमा बिक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवहरूमा प्रेम खाती, अमर बहादुर लामिछाने, कोषाध्यक्षमा तारा विश्वकर्मा, सहकोषाध्यक्षमा सुजन बराईली, सदस्यहरूमा श्रवण कुमार गदाईली, गंगा विश्वकर्मा, पुष्कर धनुके, कृष्ण बहादुर गहतराज, रामकृष्ण खाती, तिलक गदाल, मणि कुमार, तारा खाती, लक्ष्मी विश्वकर्मा, नारायण विश्वकर्मा, नवराज विश्वकर्मा, कुमार विश्वकर्मा, कृष्ण बहादुर धनुके, भीम प्रसाद सेन्चुरी, देविन गहतराज, केदार गहतराज, संगम गहतराज, कृष्ण बहादुर गहतराज, संरक्षक रामप्रसाद लकान्द्री रहेका छन् ।

सो बन्द सत्रमा सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली, सहसंयोजक प्रकाश गहतराज, महासचिव टुलक प्रसाद विश्वकर्मा, विशिष्ट सदस्य टेकबहादुर विश्वकर्मा, ३ नं प्रदेश भेला आयोजक समिति संयोजक रामप्रसाद लकान्द्रीको उपस्थीति रहेको थियो ।